३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:38 pm
Uncategorized

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सूचना प्रेस २०८३ जेष्ठ १८ सोमबार ००:००, १५:०९ बजे १ मिनेट पढाइ

काठमाडौँ : विपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नहटाएसम्म सदन अघि बढ्न नसक्ने बताएका थिए ।

विपक्षी पार्टीका सांसदहरू बोले लगत्तै उनीहरू उठेर विरोध गरेका थिए । सभामुखले पटक पटक बस्न आग्रह गरे पनि नमानेपछि उनले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।