२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 11:08 am
Uncategorized

केसेलिया खोलामा बोराभित्र पुरुषको शव भेटियो

सूचना प्रेस २०८३ कार्तिक ८ आइतबार ००:००, १३:३७ बजे १ मिनेट पढाइ

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

स्थानीयले आइतबार बिहान खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली पुगेको छ।

प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको र पहिचान खुलेपछि थप विवरण सार्वजनिक गरिने एसपी मल्लले बताए ।