२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 3:11 am
समाचार

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

सूचना प्रेस २०८३ जेष्ठ २३ शनिबार ००:००, १८:०७ बजे १ मिनेट पढाइ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट ६, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक/एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीरूपको साथबाट लागूऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरेको छ ।