२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 12:53 pm
समाचार

सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुला

सूचना प्रेस २०७९ जेष्ठ ३१ मंगलबार ००:००, ०७:१६ बजे १ मिनेट पढाइ

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुलाएको छ।

विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो। यस अघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो। 

विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोर पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन्।