३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:51 am
Banner

गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

सूचना प्रेस २०८३ असार ८ सोमबार ००:००, १७:३६ बजे १ मिनेट पढाइ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । सोमबार गुरुङविरुद्ध संयुक्त रूपमा उजुरी दर्ता गराइएको हो ।

पक्राउ परेका जेनजीलाई हिरासत कक्षभित्र गएर मानसिक दबाब, ज्यान मार्ने धम्की दिएको भन्दै छानबिनको माग गर्दै जेनजी अगुवाहरू अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले उजुरी दिएका हुन् । गएको जेठ १९ गते गुरुङको टोली सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा पुगेर आफूहरूलाई यस्तो धम्की दिएको उजुरीकर्ताको जिकिर छ ।