३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 9:50 am
Banner

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको सवारी दुर्घटनामा मृत्यु

सूचना प्रेस २०८३ असार १३ शनिबार ००:००, २१:१३ बजे १ मिनेट पढाइ

प्युठान / प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी दुर्घटनामा मृत्यु भएको छ।

शनिबार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका रानामगरले चलाएको लु प्र १–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना बाङ्गेसल्ला मा भएको हो। सडकबाट करिब ५०० मिटर तल गाडी खसेपछि रानामगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।