५ आश्विन २०८१, शनिबार 1726932915
Banner

एसपिपीप्रति एमालेको गम्भिर असहमति : महासचिव पोखरेल

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताउनुभएको छ । एसपीपी प्रस्तावमा हस्ताक्षर गर्दा नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीति प्रभावित हुने पोखरेलको भनाइ छ ।

प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एसपीपीमा हस्ताक्षर भए नेपाल द्वन्द्वको थलो बन्ने आशंकामा बल पुग्ने बताउनुभयो । ‘नेपाल कुनै मुलुकको सैनिक गठबन्धनको अंग बन्ने कुरा स्वीकार्य हुन्न’, महासचिव पोखरेलले भन्नुभयो, ‘एसपीपीप्रति हाम्रो पार्टीको गम्भीर असहमति छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा नै हुने भनिएको अमेरिका भ्रमणबारे देशलाई स्पष्ट पार्नुपर्ने महासचिव पोखरेलको माग छ ।