३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:18 am
अर्थ

सुनचाँदीको मूल्य घट्यो

सूचना प्रेस २०८३ असार २४ बुधबार ००:००, ११:३२ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।