५ आश्विन २०८१, शनिबार 1726926007
कृषि

आज चुरे दिवस: एकैदिन एक लाख बोटबिरुवा रोपिँदै

काठमाडौं । आज आठौं चुरे दिवसमा एक लाख बोटबिरुवा रोपिँदै मनाइदै छ ।

दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ । असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षरोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।