२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:46 pm
Banner

पहिरोले कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध

सूचना प्रेस २०८३ असार ३२ बिहिबार ००:००, ०८:२६ बजे १ मिनेट पढाइ

बागलुङ । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ । 

जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो ।

सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । 

सडक अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ । बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन् । रासस