२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:04 am
Banner

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

सूचना प्रेस २०८३ असार ३२ बिहिबार ००:००, ०२:५० बजे १ मिनेट पढाइ

काठमाडौं। अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै साविक विजेता अर्जेन्टिना उपाधि नजिक पुगेको हो। एक गोलले पछि परेको अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। खेलको ६५ औं मिनेटमा एन्थोनी गोर्डनको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो।

८५ औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै २–१ को जितसहित अर्जेन्टिनालाई फाइनलमा पुर्याए।

अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग खेल्नेछ।