४ आश्विन २०८१, शुक्रबार 1726834219
Banner

निहारिकाको मुद्दामा आरोपित झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउने आदेश दिएको छ ।

न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको छ ।

निहारिकाले गत असोजमा उच्च अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा आरोपित श्रेष्ठलाई झिकाउने आदेश भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार आरोपित श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकिएको छ । निहारिका दोषीलाई कारवाहीको माग गर्दै २१ महिने छोरासहित काठमाडौंको बसन्तपुरमा अनसन बसिरहेकी छन् ।