२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:00 am
समाचार

पार्किङ गरिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरूषको शव पोष्टमार्टमका लागि पठाइयो

सूचना प्रेस २०८३ श्रावण ५ मंगलबार ००:००, १४:३० बजे १ मिनेट पढाइ

काठमाडौं । कीर्तिपुरस्थिट ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका कारभित्रका पुरूषको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको हो ।

आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ । कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।