२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:40 am
Banner

दोलखाको गौरीशंकरमा पहिरो जाँदा एक व्यक्ति बेपत्ता

सूचना प्रेस २०८३ श्रावण ६ बुधबार ००:००, ०८:१७ बजे १ मिनेट पढाइ

काठमाडौँ । दोलखामा पहिरोमा परि एक व्यक्ति बेपत्ता भएका छन् । आज बिहान २ः३० बजे गौरीशङ्कर गाउँ पालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाईड्रो पावर) को ड्याम नजिकै पहिरोले बाख्राको गोठ बगाउँदा गोठमा रहेका सोही ठाउँ बस्ने ७३ वर्षका तसमान तामाङ बेपत्ता भएका हुन् ।

पहिरोका कारण ड्यामका कर्मचारी बस्ने घरमा समेत पूर्ण रूपमा क्षति पुगेको छ । उद्धार र बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल बिपद् मनसुन प्रतिकार्य बेश सिंगटीबाट बिपद् व्यवस्थापन तालिम प्राप्त सहितको सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।