१४ कार्तिक २०८१, बुधबार 1730330179
Banner

आजको संसद बैठकमा तेजाब तथा घातक रासायनिक पदार्थ नियमन विधेयक प्रस्तुत हुने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक सुरु हुने भएको छ ।

आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस हुने कार्यसूची रहेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्नेछन् । सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ प्रस्तुत गर्ने कार्यसूची छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।