२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:38 am
Banner

सामाजिक सञ्जालमा ‘गालीगलौज’ महँगो पर्‍यो, रास्वपा नेता यादव पक्राउ

सूचना प्रेस २०८३ श्रावण २७ बुधबार ००:००, १२:१५ बजे १ मिनेट पढाइ

रौतहट । रास्वपा नेता रवीन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

यादव गरुडा नगरपालिकाका रास्वपा सभापति हुन् ।

उनले स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गर्दै गाली गलौज गरेको उजुरी परेको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।