२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:37 am
Banner

पत्रकार किशोर श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सूचना प्रेस २०८३ श्रावण २९ शुक्रबार ००:००, ११:४२ बजे १ मिनेट पढाइ

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

गत बुधबार पक्राउ परेका पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो ।

श्रेष्ठको निवासबाट बुधबार राति, बिहीबार बिहान जनआस्था कार्यालय झम्सीखेल र बिहीबार साँझ बागडोल नख्खुबाट प्रहरीले बरामद गरेका सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्चले आज आदेश दिएको हो ।

पत्नि श्रेष्ठले दायर गरेको रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडाल लगायतले बहस गरेपछि अदालतले सो आदेश दिएको हो ।