२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:37 am
Banner

रोल्पामा फेरि अर्को पहिरो, तीनजना बेपत्ता

सूचना प्रेस २०८३ श्रावण २९ शुक्रबार ००:००, १२:२५ बजे १ मिनेट पढाइ

रोल्पा । रोल्पामा फेरि ठूलो पहिरो गएको छ ।

सुनछहरी गाउँपालिका- २ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका हुन् ।

आज बिहान सवा ८ बजेतिर स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुर्दा वीरबहादुर, उनकी श्रीमती शनी घर्ती मगर र छिमेकी लली घर्ती मगर बेपत्ता भएका हुन् ।

हिजो मात्रै रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा पहिरोमा परेर १० जनाको मृत्यु भएको थियो भने ३ जना अझै बैपत्ता छन्।