२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 9:34 pm
अर्थ

सुनचाँदीको मूल्य बढ्यो

सूचना प्रेस २०८३ श्रावण ३१ आइतबार ००:००, १२:१४ बजे १ मिनेट पढाइ

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ। जसअनुसार सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँ तथा चाँदीमा प्रति तोलामा ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ जबकी गत शुक्रबार प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

उता, चाँदीको मूल्यमा पनि बृद्दी भएर आज तोलाको चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ भने गत शुक्रबार चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँ मात्रै थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलरमा कारोबार हुदाँ चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार जारी छ।