काठमाडौं । मलेसियामा जारी एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपअन्तर्गत शनिबार नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालको यो लगातार दोस्रो जित निकालेको छ ।
किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।
कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रन बनाइन् । मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन् ।
कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले समान एकरएक विकेट लिए ।
यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०७ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित ३४ रनको योगदान गरिन् । २७ बलको सामना गरेकी रुबिनाले चार चौका प्रहार गरिन् । तेस्रो खेल भोलि बहराईनसँग हुँदैछ ।