२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 12:11 pm
Banner

मुख्यमन्त्री बानिँयाले राजीनामा दिए

सूचना प्रेस २०८३ भदौ १ सोमबार ००:००, १४:१६ बजे १ मिनेट पढाइ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । संसदबाट विश्वासको मत नपाउने भएपछि उनले आज राजीनामा दिएका हुन् ।

यसअघि उनले आज विश्वासको मत लिने तयारी गरेका थिए । बानियाँले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् । एमाले र नेकपाले मुख्यमन्त्री बानियाँको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् भने राप्रपा तटस्थ रहने भएको छ ।