२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 11:58 am
Banner

भारतीय प्रधानसेनापतिलाई नेपालको मानार्थ महारथीको दर्जा

सूचना प्रेस २०८३ भदौ १ सोमबार ००:००, १४:१५ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।सन् १९५० देखि सुरु भएको दुई देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परालाई यस भ्रमणले पनि निरन्तरता पाएको हो ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेठ तीन दिने औपचारिक भ्रमणका क्रममा काठमाडौं छन् ।