२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 4:11 pm
अर्थ

पञ्चकन्या समूहले बाढी प्रभावित राहत कोषमा दियो १ करोड ५५ लाख

सूचना प्रेस २०८३ भदौ १८ बिहिबार ००:००, ०६:४५ बजे १ मिनेट पढाइ

काठमाडाैँ । पञ्चकन्या समूहले बाढी प्रभावितको राहत तथा पुनर्निर्माणका लागि १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

भदौ १० गते आएको बाढीमा प्रभावितहरुका लागि राष्ट्रिय राहत तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको हो। पञ्चकन्या समूहका अनुसार पञ्चकन्या ग्रुपमार्फत १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ भने पञ्चकन्या फाउन्डेसनमार्फत आवश्यक पुनर्निर्माण सामग्री नेपाल सरकारलाई उपलब्ध गराउनेछ।

यस्तै समूहमा कार्यरत कर्मचारीहरूले १५ लाख रुपैयाँ सहयोग गरेको पञ्चकन्या समुहका महाप्रवन्धक देवेन्द्र शाहुले बताए। पञ्चकन्या समूह भदौ १५ गते स्थापना भएको ५५ वर्ष पुगेको छ। हरेक वर्ष विभिन्न सामाजिक कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै आएको समूहले यस पटक कुनै पनि कार्यक्रम आयोजना नगरेको जनाएको छ।

देशमा आएको विपद्का कारण प्रभावित नागरिकको पीडामा आफूहरू पनि गम्भीर संवेदनशील रहेको भन्दै राहत तथा पुनर्निर्माणमा सक्दो योगदान गर्नु आफ्नो जिम्मेवारी भएको समूहले जनाएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १५ कोटिहवामा रहेको पञ्चकन्या स्टिल उद्योगमा बुधवार खुल्ला रक्तदान आयोजना गरिएको छ। समूहका महाप्रबन्धक देवेन्द्र साहुले बाढी तथा अन्य कारणबाट रगत अभाव हुनसक्ने भन्दै उद्योग परिसरमा खुल्ला रक्तदान आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह पनि गरेको छ।