२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:14 am
समाचार

गोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला

सूचना प्रेस २०८३ भदौ २२ सोमबार ००:००, १२:५२ बजे १ मिनेट पढाइ

काठमाडौँ : कागेश्वर मनोहरा नगरपालिका–८ गोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

गोठाटारको ओम चोकस्थित प्रतिक्षालयमा एक पुरुष मृत फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

नामथर नखुलेका अन्दाजी ४५ वर्षका पुरुष सोमबार मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान अघि बढाएको छ ।