२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:39 am
समाचार

आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

सूचना प्रेस २०८३ आश्विन ८ बिहिबार ००:००, १३:५० बजे १ मिनेट पढाइ

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । आधा किलो सुनसहित उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कतारको दोहा हुँदै काठमाडौं आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी छन् । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।

कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी छन् । उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको छ । दुवै जनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।