२० कार्तिक २०८३, शुक्रबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 3:51 am
समाचार

पोखराको रामघाटमा सेती नदी थुनिएर ताल बन्यो

सूचना प्रेस २०८३ आश्विन १० शनिबार ००:००, ११:२९ बजे १ मिनेट पढाइ

पोखरा । निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ ।

निरन्तर वर्षाको कारण नदीमा पानीको बहाव बढेको छ । नदीको पानीको निकास कम हुँदा ताल बनेको हो ।

जिल्ला प्रशासन कार्यालयल कास्कीले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

पानीको निकास विस्तारै भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यहाँ ठूलो पानी पर्दा प्रत्येक वर्ष नदी थुनिने समस्या हुने गरेको छ ।