२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:56 am
समाचार

कालीगण्डकीको बाढीले पर्वतको जलजलामा ठूलो क्षति

सूचना प्रेस २०८३ आश्विन ११ आइतबार ००:००, ०९:३२ बजे १ मिनेट पढाइ

पर्वत । अविरल वर्षापछि कालिगण्डकी नदीको बाढीले पर्वतको जलजलामा २० भन्दा बढी घर डुबानमा परेको छ ।

जलजला–८ फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष हरि विकास जिसीले बताएका छन् । उनका अनुसार बाढीले ठूलो क्षति गरेको छ ।

बाढीले बस्ती पुर्ने मात्र नभई संरचनाहरू नै बगाएर लगेको जिसीले बताए । ठूलो मात्रामा भौतिक संरचना र धनमालको क्षति भएता पनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।