२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:16 am
Banner

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता कायमै

सूचना प्रेस २०८३ आश्विन २६ सोमबार ००:००, १२:३० बजे १ मिनेट पढाइ

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्।

हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गरेका छन् । अजयबाबु सिवाकोटी ६५३ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ५०० मत प्राप्त गरेका छन्।

त्यस्तै, देवेन्द्रराज कँडेलले ३९५, विकास कोइरालाले ३३०, राजीव ढुंगानाले २९३, रमेशप्रसाद धमलाले २४४, अमृतकुमार अर्यालले २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन्। खुला तर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।