२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:01 am
समाचार

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

सूचना प्रेस २०८३ कार्तिक २८ शनिबार ००:००, १०:३० बजे १ मिनेट पढाइ

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ । शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो । स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

आगलागीको खबर पाएपछि दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो । स्थानीयले सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण आउन बाँकी छ ।