२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 3:19 pm
Banner

वर्तमान सरकारको आयु लामो छैन : महेश बस्नेत

सूचना प्रेस २०८३ कार्तिक २८ शनिबार ००:००, १५:०९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । शनिबार एमाले बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा बोल्दै सचिव बस्नेतले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको भनाई छ ।

‘भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको सहकारी ठगी लगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न रहेको वर्तमान सरकारको आयु धेरै लामो रहने छैन । यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन ।

यसको लागि नेकपा (एमाले) अन्य सबै दलहरूसँग आवश्यकता अनुसारको सहकार्य गर्दै आन्दोलनलाई व्यवस्थित गराउँदै, आफ्नो सङ्गठनात्मक परिणामहरूलाई व्यवस्थित गराउँदै, स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै, स्थानीय तह र प्रदेश तहका निर्वाचनलाई व्यवस्थित गर्दै अगाडि बढ्नुपर्ने कार्यभार बोकेर एमाले जानेछ ।’ सचिव बस्नेतले भने ।

उनले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचनालाई थप सुदृढ गर्नुपर्ने बताए । सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट आम जनतामाझ पुर्‍याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।