३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 11:51 am
समाचार

सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ जना घाइते

सूचना प्रेस २०८३ कार्तिक ३० सोमबार ००:००, ११:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीका अनुसार सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको छ । मधेश प्रदेशमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन् ।

त्यस्तै, कर्णाली प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । कोशी प्रदेशमा पनि १ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

सवारी दुर्घटनामा परी लुम्बिनी प्रदेशमा २४ जना र सुदूरपश्चिम प्रदेशमा १२ जना घाइते भएका छन् ।