३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:04 am
Banner

भीमफेदी दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

सूचना प्रेस २०८३ मंसिर ३ बिहिबार ००:००, ११:०३ बजे १ मिनेट पढाइ

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप आज (बिहीबार) बिहान करिब ८ः३५ बजेतिर घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए। घाइतेहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९ः२० बजेतिर चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्। मृतकहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।