४ आश्विन २०८१, शुक्रबार 1726856613
Banner

मदन भण्डारी राष्ट्रिय पुरस्कार धरानका कृषक कृष्ण राईलाई दिईयो

काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई दिएको छ । मदन भण्डारीको ७१ औँ जन्म जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

सोताङ अर्गानिक फार्म प्रा.लि.सञ्चालन मार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्याउनु भएको योगदान स्वरूप उहाँलाई यो वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।

पुरस्कारको राशी एक लाख रहेको छ ।