३ भदौ २०८३, बुधबार 1787160412
Banner

वामदेवले नयाँ पार्टी खोले, पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्।

नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतमले मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान नामको राजनीतिक दल घोषणा गरेका हुन्।

पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहने भएका छन्। आवश्यकता अनुसार केन्द्रीय सदस्य बढाइने सो पार्टीले जनाएको छ। पार्टीको मुख्य उद्देश्य विघटन भएको नेकपा एमालेलाई पुनस्गठन गर्नु रहेको छ।

राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान संचालन गर्दै आएका थिए।

उनले शनिबार मात्रै अभियानको राष्ट्रिय भेला आयोजना गरेका थिए ।