भक्तपुर: सूर्यविनायक नगरपालिकाले उपप्रमुख सरिता तिमिल्सिना भट्टराईको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ। नगरपालिकाको नगरसभाको ११ औं अधिवेसनबाट न्यायीक समिति गठन गरिएको हो ।
नगरपालिकाकाको न्यायीक समितिको सदस्यमा विनय महत र वासुदेव पोखरेल चयन हुनु भएको छ । नेपालको संबिधानको धारा २१७ को उपधारा (१) मा उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायीक समिति हुने ब्यबस्था छ ।