४ आश्विन २०८१, शुक्रबार 1726853241
Banner

वाग्मतीका मुख्यमन्त्री पाण्डेले डाके संसदीय दलको बैठक

काठमाडौं । वाग्मती प्रदेशको सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

आलोपालो सरकार चलाउने निर्णय कार्यान्वयन नभएको भन्दै मुख्यमन्त्री पाण्डेविरुद्ध सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन थालेका छन् ।

वाग्मतीमा पाण्डेले ६ महिना सरकार चलाउने र त्यसपछि कांग्रेसले चलाउने सहमति भएको थियो । आठ महिनासम्म सरकार फेर्न तयारी नभएको भन्दै सत्तारूढ दल नै हटाउन लागेका छन् । यस्तोमा पाण्डेले दलको बैठक बोलाएका हुन् ।