१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:39 am
विश्व

अमेरिका गोली चल्दा ६ जनाको मृत्यु

सूचना प्रेस २०७९ असार २१ मंगलबार ००:००, ०७:३० बजे १ मिनेट पढाइ

काठमाडौं । अमेरिकाको सिकागामा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। घटनामा ३१ जना घाइते भएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार सोमबार परेड सुरु भएको १० मिनेटपछि परेड मार्गमा खुला फायरिङ गरिएको थियो। अमेरिकाभर २४६औँ स्वतन्त्रता दिवस मनाइरहँदा नजिकैको भवनबाट गोलीबारी भएको हो।

घटनालगत्तै पत्रकार सम्मेलन गरी प्रहरी अधिकारीले घटनास्थलबाट एक राइफल बरामद भएको बताएका छन्।

घटनास्थललाई सिल गरी गोली चलालउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी