७ मंसिर २०८१, शुक्रबार 1732279168
Banner

नगर प्रहरीको लछारपछारमा परेका मकै व्यापारीले अब सडकमा मकै नपोल्ने (भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीबाट लछारपछारमा परेका मकै व्यापारीले अब सडकमा मकै नपोल्ने भएका छन् । गएको शुक्रबार नगर प्रहरीले सडकमा मकै पोलेर गुजारा चलाउने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि बल प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको थियो । नगरप्रहरीले कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई स्वरोजगार कोषले व्यवसाय गर्न लगानी उपलब्ध गराउने भएपछि उनीहरु अब सटरमा पसल गर्ने भएका छन् ।

मंगलबार स्वरोजगार कोषको कार्यालय अनामनगरमा भेटिएका आचार्य दम्पतीले कोषले उपलब्ध गराउने रकमले अब सडकबाट सटरमा सर्ने बताए ।

नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छन्, सडकमा लखेटेको लखेटेइमा परयौ त्यही भएर अब सटरमा पसल थाप्ने योजना बनाएका छौ श्रीमती सीता आचार्यले भनिन् । १३ बर्षसम्म सडक पेटिमा बसेर मकै पोल्दा आगोका रापले डढेका हात देखाउदै चेतेन्द्रले भने ‘स्वरोजगार कोषको सहयोग प्राप्त भएपछि सटरमा नै पसल गर्ने भनेर हामी कोषमा आएका हौ ।’ सोही अवसरमा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा.कल्याण रोकाले सडक पेटिमा व्यवसाय गर्ने व्यापारीहरुका लागि दिर्घकालिन समस्या समाधानका उपाय खोजिनुपर्ने बताए। सडकमा मकै व्यवसाय गर्ने व्यापारीलाई स्वरोजगार कोष मार्फत २ लाख आर्थिक सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको डा.रोकाको भनाइ थियो ।