८ मंसिर २०८१, शनिबार 1732358676
Banner

कोरोना संक्रमित दैनिक थपिदैं,चौथो लहर भित्रिने खतरा

काठमाडौ -पछिल्लो पटक नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ९० जना नयाँ संक्रमित थपिएका छन् ।

२४ घण्टाको अवधिमा २० जना संक्रमणमुक्त भएका छन् । ‘संक्रमणदर बढिरहेको छ । भारतको असर नेपालमा देखिएको हो,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भन्नुहुन्छ, ‘तीन गुणाले संक्रमण बढिरहेको छ ।’ उहाँका अनुसार संक्रमितहरू नेपाल प्रवेश गरिरहेका छन् । नाकाबाट काठमाडौंसम्म केसहरु आइपुगेका छन् ।,’

‘भरसक परीक्षणको दायरा बढाएर सिमानाकामा नै संक्रमितको पहिचान गर्न थालिएको छ । यही प्रकारले संक्रमितको संख्या बढ्दै जाने हो भने कोरोनाको चौथो लहर भित्रिएको हो कि भन्ने आहांका थपिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउछन् । उनका अनुसार मन्त्रालयले यस प्रकारको खतराको सामना गर्न तयारी पनि थालेको छ । उसले सर्वसाधरणलाई स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।