२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:12 am
अपराध

हतियारसहित व्यापारी पक्राउ

सूचना प्रेस २०७९ असार २२ बुधबार ००:००, ०५:५६ बजे १ मिनेट पढाइ

सर्लाहीको हरिवन नगरपालिका–११ मा प्रहरीले पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ गरेको छ । पेस्तोल र गोलीसहित हरिवन–११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार दासको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको छ ।

दासले हरिवन बजारमा सञ्चालन गरेको किराना पसलमा लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरिएको ताम्रकारले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिनुभयो ।