४ आश्विन २०८१, शुक्रबार 1726832533
Banner

अर्थमन्त्री शर्मा विवादमा परेपछि अर्थ सचिव विदामा

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधका साक्षी अर्थसचिव मधु मरासैनी अनिश्चितकालीन विदामा बसेका छन । प्रचण्डको सेटिङमा अर्थ मन्त्रालय पुगेका मरासिनी विवादमा परेपछि अनिश्चितकालीन विदामा बसेका हुन ।

मुख्यसचिव शंकरदास बैरागीसँग विदा लिएर मरासैनी घरमै बसेका छन । अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधका साक्षी उनले सीसीटीभी फुटेज मेटाउने काममा सहयोगी भूमिका खेलाका थिए । उनी आफैँ गलत काममा परेका कारण बुधबारबाट बिदामा बसेका हुन् ।

करको दर परिवर्तन गरेर राष्ट्रमाथि अपराध गरेका शर्माले त्यसको प्रमाण मेटाउन सीसीटीभीको फुटेज समेत मेटाएका थिए । सचिवको मातहतमा हुने सीसीटीभीको निगरानी मन्त्रीले कसरी मेटाउन सके यसको प्रश्न चर्को रूपमा उठन थालेपछि उनी विदामा बसेका हुन ।