४ आश्विन २०८१, शुक्रबार 1726827130
अर्थ

बजेट निमार्णमा हाम्रो संलग्नता कहीँ कतै पुष्टि भएमा कारवाही भोग्न तयार छौं : चौधरी गु्रप

काठमाडौं :चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/८० को  बजेट निर्माणका क्रममा आफूलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराप्रति ध्यानाकर्षण भएको जनाएको छ। 

ग्रुपका निर्देशक निर्वाण चौधरी बजेट निर्माण प्रकृयामा कुनै चासो र सरोकार नरहेको बताउँदै स्पष्ट पार्न चाहेको बताएका छन्। ‘बजेट निर्माण मामिलामा हाम्रो संलग्नताबारे बिनाआधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरुप्रति हामी खेद व्यक्त गर्दछौँ’,  उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ। यसबारे छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौँ।’

बजेट निर्माणमा चौधरी ग्रुपको संलग्नता कहीँ कतै पुष्टि भएमा कारवाही भोग्न तयार रहेको उनले उल्लेख गरेका छन्। ​

‘यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारवाही भोग्न तयार हुनेछन् भन्ने अपेक्षा लिएका छौँ’, उनले भनेका छन्।