८ मंसिर २०८१, शनिबार 1732348589
कला/साहित्य

असारे भाकाको संरक्षणमा जोड

पछिल्लो पुस्तामाझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीमा आयोजित एक कार्यक्रममा यसको संरक्षणमा वक्ताहरूले जोड दिएका छन् ।

सिर्जना र असार समूह साहित्य शृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा वक्ताले नेपाली मौलिकताले युक्त असारे भाकालाई नयाँ पुस्तामाझ पु¥याउनुपर्नेमा जोड दिइयो । पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाकालाई जीवन्त राख्नका लागि संरक्षण हुनुपर्ने बताउनुभयो । उक्त अवसरमा उहाँले असारे भाकाका गीत प्रस्तुत गर्नुभएको थियो । सिर्जना र असार समूह साहित्य शृङ्खला पोखराका संयोजक स्ट्रगल रानाले असारे भाकाको संरक्षणका लागि प्रयास गरिएको बताउनुभयो ।

कार्यक्रममा माधव खतिवडा, विष्णुहरि पौडेल, बसन्धरी भुवाइको समूह, सङ्गम सांस्कृतिक समूह, शिव अधिकारी, ज्ञानु आचार्य, भीमराज आश्रम, भीम रानाभाटलगायतका स्रष्टाले रचना वाचन गर्दै आ–आफ्ना प्रस्तुति राख्नुभएको थियो । सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्य, काजी गाउँले, संस्थाका परिकल्पनाकार धनबहादुर तामाङ, स्थानीय धनबहादुर भुजेल, हेमबहादुर थापा किरणलगायतले असारे भाकाको मौलिकता जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।