काठमाडौँ । असार १ देखि २५ गतेसम्म अर्थात् पछिल्लो २५ दिनमा विकास खर्च ५२ अर्ब रुपैयाँ भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार ३१ जेठ २०७९ मा विकास खर्च १ खर्ब ३७ अर्ब रुपैयाँ मात्र भएको थियो । तर, शनिबार (२५ जेठ २०७९ सम्म पुग्दा) विकास खर्च १ खर्ब ८९ अर्ब पुगेको हो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार शनिबार मात्र १५ अर्ब रुपैयाँ बराबर पुँजीगत खर्च भएको छ । यससँगै अब पुँजीगत विकास वार्षिक लक्ष्यको ५० प्रतिशत देखिएको छ ।
यस आर्थिक वर्षमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको थियो । असारमा विकास खर्चसँगै चालु र वित्तीय व्यवस्थातर्फको भुक्तानी समेत उल्लेख्य बढेको देखिएको छ ।
३१ जेठमा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च २५ दिनमा २ खर्ब २ अर्बले बढेर १२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यो कुल विनियोजित बजेटको ८९.०५ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।