८ मंसिर २०८१, शनिबार 1732387279
Banner

नेपाल नामिबियासँग पराजीत

काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग पराजीत भएको छ । शनिवार भएको खेलमा नामिबियाले नेपाललाई ६३ रनले हराएको हो । नेपाललाई नामिबियाले लगातार दोस्रो पटक हराएको हो । यो हारपछि नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ । नेपालको ब्याटिङ चल्न नसक्दा नेपालले लज्जास्पध हार भोग्नुपरेको हो । नेपाललाई नामिबियाले २ सय रनको विजयी लक्ष्य दिएको थियो । नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अल आउट हुन पुगेको थियो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडेका थिए । उनले ५५ बलमा ३ चौका प्रहार गरे ।
यस अघि नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीको उत्कृष्ट बलिङ गरेका थिए ।

कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अल आउट भएको थियो । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए । खराब सुरुवात गरेपनि चौथो विकेटका लागि एरास्मस र जान निकोल लोफ्टी इटनले ६८ रनको साझेदारी गर्दै नामिबियालाई खेलमा फर्काएका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३।२ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।