७ मंसिर २०८१, शुक्रबार 1732291769
Banner

निर्वाचनमा आवश्यकतानुसार तालमेल हुनसक्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर –  नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेल उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्ने दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।” 

संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको  बताउनुभएको छ । उहाँले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताउनुभयो ।