काठमाडौँ । भारतमा आगामी साताबाट सुरु हुने यु–२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भुवनेश्वर पुगेको छ ।
नेपाल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रवारको बिदाइ गरेको थियो । एन्फाले प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।
भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ ।
दोस्रो खेल २७ जुलाईमा श्रीलङ्का र तेस्रो खेलमा ३१ मा जुलाई भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बङ्गलादेशसँग खेल्नेछ ।
शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।