८ मंसिर २०८१, शनिबार 1732406673
विश्व

इराकमा सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवनमा प्रवेश

इराकको राजधानी बगदादमा प्रदर्शनकारीहरू संसद् भवन भित्र प्रवेश गरेका छन्।

स्थानीय समाचार एजेन्सी शफाकका अनुसार प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा धर्मगुरू मुक्तदा अल-सदरका समर्थकहरूले भ्रष्टाचार र कुशासनको विरोध गर्दै त्यहाँको संसद भवनभित्र प्रवेश गरेका हुन्।

सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रदर्शनकारीहरू प्रवेश गरेका थिए। यो क्षेत्रमा विभिन्न देशका दूतावाससहित इराकका सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन्।

संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। तर बाक्लो सुरक्षा घेरा तोडेर उनीहरू संसद् भवन प्रवेश गरेका सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ। एजेन्सी