८ मंसिर २०८१, शनिबार 1732360345
Banner

गएरातिदेखि परेको वर्षाका कारण कैलालीका घर डुबे


काठमाडौं । कैलालीमा ३८० भन्दा बढी घर डुबानमा परेका छन् । गएराति भएको वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले डुबान भएको हो । सबैभन्दा बढी भजनी नगरपालिकामा डुबान भएको छ ।

काँढा, पथरैया, मोहना नदीको बाढी घरमा पसेर सो पालिकामा ३२७ जति घर डुबानमा परेको भजनी नगरपालिकाका विपद् स्रोतव्यक्ति खिम पनाडीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ८ मा मात्रै करिब २०० घर डुबानमा परेको छ । त्यस्तै, वडा नम्बर २ मा एक सयभन्दा बढी घर र वडा नम्बर ३ मा केही घर डुबानमा परेको छ ।

घरहरुमा पानी पसेर खाद्यान्न, अन्न भिजेको जनाइएको छ । यसैगरी, कटैनी नदीको बाढी पसेर कैलारी गाउँपालिका–७ को बड्का बसन्ता, छटकपुर बसन्ता र भुईयाँफाँटा गरी ५० भन्दा बढी घर डुबानमा परेको वडा अध्यक्ष दीपेन्द्र बमले जानकारी दिनुभयो ।