१ जेष्ठ २०८३, शुक्रबार 1778879750
अपराध

दुई किलो आठ सय ग्राम युरेनियमसहित आठ जनालाई पक्राउ

काठमाडौं । प्रहरीले दुई किलो आठ सय ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ।

प्रति किलो ३५ करोड रुपैयाँमा बिक्री गर्न लागिएको सूचनाका आधारमा प्रहरीले बौद्धस्थित ह्यायत रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट उक्त युरेनियम बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरी आफै ग्राहक बनेर उक्त युरेनियम बरामद गरेको बुझिएको छ। प्रहरी प्रधान कार्यालयबाट सादा पोशाकमा परिचालित टोलीले भुपेन्द्रबहादुर खड्का र नवराज महतलाई युरेनियमसहित नियन्त्रणमा लिएको परिसरले जनाएको छ।